ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र १८ गते बुधबार १०:२२:३२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज(बुधबार) बस्दैछ ।

भोलि(बिहीबार) देखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेकाे छ । पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ । फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित २५ जना सांसद रहेका छन् ।

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top