होमपेज / राजनीति
काठमाडौं । मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदै गएपछि नेपालमा पनि इन्धन अभावको जोखिम बढेको छ ।
प्रतिब्यारेल १०२ डलर पुगेसँगै पेट्रोलियम पदार्थ महँगिँदा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले इन्धन खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग परामर्श गर्न थालेको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागू गर्नेबारे भने निर्णय नभएको बताए । साथै, उनले इन्धन बचतका लागि विद्युतीय ऊर्जाको प्रयोग बढाउन पनि आग्रह गरेका छन् ।