होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज(मंगलबार) बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीको नियमित महाधिवेशनको कार्यतालिका, निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा सभापति गगन थापा पनि सहभागी हुने भएकाे छन् । पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति थापा आजको बैठकमा सहभागी हुने नेताहरुले बताएका छन् ।