होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको बैठक बसेको छ ।
आज(आईतबार) धुम्बाराहीको एक होटलमा बसेको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता मीन विश्वकर्माले बताए । साथै, बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको उनले बताए । उनका अनुसार बैठकले केन्द्रीय समित बैठक बोलाउने र चुनावी समीक्षा गर्ने निर्णय गरेको छ ।
गत पुस अन्तिममा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचिन भएका थिए । निवर्तमान सभापति देउवा र नेता कोइराला समूहले त्यसलाई अस्वीकार गर्दै सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चले कांग्रेस आधिकारिकताको मुद्दा टुंगो नलगाएसम्म आफूहरूको छलफल जारी रहने नेता विश्वकर्माको भनाई रहेकाे छ ।