ट्रेण्डिङ

होमपेज / राजनीति

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने

नेपालगाथा २०८२ चैत्र ४ गते बुधबार १८:३९:०८ मा प्रकाशित

काठमाडौं । समानुपतिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि(बिहीबार) प्रमाणपत्र दिइने भएको छ ।

निर्वाचन आयोगले भोलि १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिने तयारी गरेको हो । सांसदहरूलाई भोलि बिहान साढे ११ बजे प्रमाणपत्र दिइने तय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले) बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना सांसदहरुले प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top