ट्रेण्डिङ

होमपेज / राजनीति

सडक विभागको ऐतिहासिक भवन अलपत्र, पुनःनिर्माण कहिले ?

नेपालगाथा २०८२ चैत्र ३ गते मंगलबार १९:५१:१५ मा प्रकाशित

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।

आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत रहेका छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।

सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले बताए ।

विभागको सामान्य काम बाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको ६ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने भनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top