ट्रेण्डिङ

होमपेज / राजनीति

कसले गराउँछन् सांसदलाई शपथ ?

नेपालगाथा २०८२ चैत्र ३ गते मंगलबार १९:३९:१२ मा प्रकाशित

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी सुरु भएसँगै कसले शपथ गराउँछन् भन्ने विषय चर्चामा रहेकाे छ।

संवैधानिक व्यवस्थाअनुसार सबैभन्दा ज्येष्ठ सदस्यले शपथ गराउने प्रचलन रहेकाे छ । जसअनुसार यसपटक सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ गराउने भएका छन्। उनलाई पहिले रामचन्द्र पौडेलले शपथ गराउनेछन्, त्यसपछि उनले अन्य सदस्यलाई शपथ दिलाउने प्रक्रिया अघि बढाउनेछन् ।

शपथ नलिएसम्म कुनै पनि सांसदले सदनको काममा सहभागी हुन नपाउने व्यवस्था भएकाले यो प्रक्रिया अनिवार्य मानिन्छ। नयाँ सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा संसद् बैठक सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top