ट्रेण्डिङ

होमपेज / राजनीति

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र १ गते आइतबार १०:१२:४२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(आईतबार) बस्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए । बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने बताइएको छ ।

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top