ट्रेण्डिङ

होमपेज / राजनीति

कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता ?

नेपालगाथा २०८२ फाल्गुण २७ गते बुधबार १८:५८:५३ मा प्रकाशित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । यसपटक भने एक नयाँ दलसहित पाँच पुराना दलले उक्त मान्यता हासिल गरेका हुन् ।

निर्वाचन परिणाम अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पहिलोपटक राष्ट्रिय दलको सूचीमा समावेश भएको छ । उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत सीमा पार गर्न सफल भएको हो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राष्ट्रिय दलको मान्यता भने कायम राखेका छन् ।

त्यस्तै, यी दलहरू भने अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलका रूपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top