ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीशका लागि छ जनाको नाम सिफारिस

नेपालगाथा २०८२ फाल्गुण २७ गते बुधबार ११:२३:०७ मा प्रकाशित

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश हुँदैछन् । न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदीको नाम सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि भने योग्य हुन्छन् । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था रहेकाे छ ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्र नियुक्त हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top