होमपेज / राजनीति
सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।
पोखरेलले १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पाल शाहीले भने ९ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । पोखरेल भने ४ हजार ३ सय ३७ मतान्तरले विजयी भएका हुन्। यससँगै कर्णाली प्रदेशमा भने एमालेले आफ्नो खाता खोलेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले ३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् ।