ट्रेण्डिङ

होमपेज / राजनीति

दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित

नेपालगाथा २०८२ फाल्गुण २३ गते शनिबार १०:४४:११ मा प्रकाशित

सुर्खेत । प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।

१२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजित थापाले पहिलो पटकमै प्रतिनिधि सभा निर्वाचनमा जित निकालेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top