ट्रेण्डिङ

होमपेज / राजनीति

५५ स्थानमा मतगणना जारी रहँदा रास्वपा पहिलो, एमाले दोस्रो

नेपालगाथा २०८२ फाल्गुण २२ गते शुक्रबार ०९:३९:५२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी रहेकाे छ । अहिले ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले बताएको छ ।

पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ । त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा रहेकाे छ । नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ ।

एमालेले अग्रता लिएका क्षेत्र पाँच वटा रहेका छन् । जसमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top