ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौंका सबै मतपेटिका दुई घण्टामा संकलन हुने, त्यसपछि गणना सुरु गर्ने तयारी

नेपालगाथा २०८२ फाल्गुण २१ गते बिहीबार १८:५९:३५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ रहेकाे छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top