ट्रेण्डिङ

होमपेज / राजनीति

शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

नेपालगाथा २०८२ फाल्गुण २१ गते बिहीबार १८:५५:४६ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले यो निर्वाचनले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान मद्दत गरेको बताएका छन् । प्रचण्डले समाजिक सञ्जालमा लेख्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

उनका अनुसार मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले देशको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छ । उनले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top