होमपेज / राजनीति
काठमाडौं । निर्वाचन आयोगले १५ हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपेटिका संकलन हुँदै गरेको जानकारी दिएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदानको प्रक्रिया सकिएसँगै मतपेटिका संकलनको काम सुरु भएको बताए । उनले १५ हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपेटिका संकलन हुने जानकारी दिए । त्यसमध्ये केही जिल्लामा भने भोलि मात्र संकलनको काम सकेर मतगणना हुने उनले बताए ।
“हिमाली १५ जिल्लामा हेलिकोप्टरबाट मतपेटिका संकलन गरिँदैछ,” भण्डारीले भने, “बाजुरा, हुम्लासहितका केही जिल्लामा भोलिबाट मात्र मतगणना सम्भव हुन्छ ।”