ट्रेण्डिङ

होमपेज / राजनीति

दश बजेसम्म दश लाखभन्दा बढी मत खस्यो

नेपालगाथा २०८२ फाल्गुण २१ गते बिहीबार १०:४७:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(बिहीबार) मतदान जारी छ । आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले बताएको छ । यति बेलासम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले बताए ।

यो करिब ६ प्रतिशत मतदान भएको आयोगले बताएको छ । यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top