होमपेज / राजनीति
भोजपुर । भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका ६८ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आमचोक गाउँपालिका ७ सागुरीमा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले बताए । त्यस्तै दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनिहरुलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् ।
आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो । यो ठाउँमा नेकपामा नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन् ।