ट्रेण्डिङ

होमपेज / राजनीति

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन अध्यक्ष ओलीको आह्वान

नेपालगाथा २०८२ फाल्गुण १६ गते शनिबार १९:१५:३२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका हुन् । 

‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top