ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचनमा कुनै पनि प्रकारको धाँधली वा प्रभाव स्वीकार्य हुँदैन - केपी शर्मा ओली

नेपालगाथा २०८२ फाल्गुण १५ गते शुक्रबार १८:४९:११ मा प्रकाशित

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने विषयमा आशंका व्यक्त गरेका छन् ।

झापाको दमकमा आयोजित ‘बा–सँग विद्यार्थी’ संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रक्रिया पारदर्शी बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले कुनै पनि प्रकारको धाँधली वा प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै राज्य संयन्त्रको प्रयोग गरेर मतपरिणाम बदल्ने कोशिश भए त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । ‘त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ । रोकिनेमा शंका छ,’ उनले भने ।

उनका अनुसार लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने गतिविधि तत्काल रोक्न जरुरी रहेकाे छ । ओलीले विगतका राजनीतिक घटनाक्रमले देश अस्थिर बनेको उल्लेख गर्दै अब जनमतबाट स्पष्ट जनादेश आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top