ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचनको दिन आन्तरिक र बाह्य हवाई उडान चलाउन दिने आयोगको निर्णय

नेपालगाथा २०८२ फाल्गुण १४ गते बिहीबार १८:५६:१२ मा प्रकाशित

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको दिन पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन हुने भएको छ ।

निर्वाचन आयोगले मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नरोकिने निर्णय गर्दै आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । टिकट भएका यात्रुहरूले विमानस्थल आवतजावत गर्दा टिकट देखाएर यात्रा गर्न पाउने व्यवस्था गरिएको आयोगले बताएको छ। यस निर्णयले यात्रु र पर्यटन क्षेत्रलाई सहज हुने अपेक्षा पनि गरिएको छ।

यसअघि निर्वाचनका बेला उडान प्रभावित हुने अभ्यास रहे पनि यसपटक सेवा यथावत राख्ने नीति अपनाइएको आयोगले स्पष्ट पारेको छ । यात्रुहरूले तोकिएको समयअनुसार निर्धक्क यात्रा गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top