ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा निर्वाचन - बाजुरामा मतदान अधिकृतलाई तीन चरणमा तालिम दिइँदै

नेपालगाथा २०८२ फाल्गुण १२ गते मंगलबार १०:१५:२३ मा प्रकाशित

बाजुरा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबार एकदिने अभिमुखीकरण तालिम दिइने भएको छ ।

फागुन १४ गते बिहीबार बुढीनन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए ।

साथै, बुढीगंगा, बडी मालिका नगरपालिका र गौमुल गाउँपालिकाका मतदान केन्द्रका ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन १६ गते बिहान १० बजेबाट सदरमुकाम मार्तडीमा अभिमुखीकरण तालिम दिइने निर्वाचन अधिकारी शाहीले बताए । अभिमुखीकरण तालिममा सहभागी हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई परिचय पत्र, व्यक्तिगत पान नम्बर र बैंकको चेक बुकको फोटोकपी लिएर आउन आग्रह गरिएको छ ।

बाजुरामा फागुन २१ गते हुने निर्वाचनको तयारीमा लगभग अन्तिम चरणमा पुगेको छ । बाजुरामा एक स्वतन्त्रसहित ७ दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top