ट्रेण्डिङ

होमपेज / राजनीति

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

नेपालगाथा २०८२ फाल्गुण ११ गते सोमबार १९:०६:२३ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज(साेमबार) बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यू लगाइएको हो ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लगाइएको छ । यी चार किल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top