ट्रेण्डिङ

होमपेज / राजनीति

भक्तपुर नगदेशवासीले भने, भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौं

नेपालगाथा २०८२ फाल्गुण ६ गते बुधबार १८:०६:३७ मा प्रकाशित

भक्तपुर। मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशवासीले चुनाब अगाडि भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई मतदान गरेर मतलाई खेर नफाल्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार बस्नेतलाई नगदेशका मतदाताले देश विकास र संकटलाई पार लाउँन एक पटक महेश बस्नेतलाई नै मतदान गर्ने बताए ।

मतदातासंग कुरा गर्दै उम्मेदवार एवं नेता महेश बस्नेतले गतवर्ष आफ्नाबारेमा भ्रम फैलाईएको तर यस वर्ष भ्रम फैलाएपनि त्यसलाई जनताले विश्वास नगरी मतदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मतदाताले यसवर्ष भोट हाल्ने प्रतिबद्धत मात्रै नभई हौसला पनि प्रदान गरेकाले २०७४ कै परिणामलाई हात पार्ने बताउनुभयो ।

अबको निर्वाचनमा नेकपा एमालेको बहुमत तहमा पुगेको छ । विशेष गरेर अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल र नेपाललाई युद्धभूमि बनाउने षडयन्त्रको बिरुद्ध ०८४ मा हुनु पर्ने चुनाबलाई ०८२ मा ल्याउन देशको शासन चाहने, शान्ति चाहने, राष्ट्रवादी, जनवादी, लोकतन्त्रवादी , प्रगतिवादी विकासप्रम् िर शुसासन चाहनु पर्छ भनेर एमाले सशक्त ढंगले चुनाबमा अगाडि बढेको छ । नेपाली जनतालाई अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपलाई चिनाउन र ुझाउन आवश्यक भने रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top