ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस प्रतिज्ञाबाट एक इन्च पर सर्दैन - सभापति थापा

नेपालगाथा २०८२ फाल्गुण ६ गते बुधबार १७:४७:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस प्रतिज्ञाबाट एक इन्च पर नसर्ने बताएका छन्। जनकपुरमा आज प्रतिज्ञा पत्र सार्वजनिक तथा पार्टीको सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले गरेका प्रतिज्ञा कार्यान्वयन गर्ने बताए। उनले आफू कुनै घोषणा गर्न नभई प्रतिज्ञा गर्न आएको बताए।

उनले भने, ‘जस्तोसुकै असहज परिस्थिति होस्। सरकार होला वा प्रतिपक्षमा होला, महलमा होला वा सडकमा होला। राजा जनकले जस्तै कांग्रेसले पनि आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्नेवाला छैन।’

उनले प्रतिज्ञा पत्रमा लेखिएको अक्षर पार्टी सभापतिदेखि तल्लो तहको पार्टी सदस्यसम्मले पाँच वर्ष पालना गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top