ट्रेण्डिङ

होमपेज / राजनीति

निश्चिन्त मान्नुस्, चुनाव एकै दिनमा हुन्छ - प्रधानमन्त्री कार्की

नेपालगाथा २०८२ माघ २२ गते बिहीबार १९:१७:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन एकै दिनमा हुने बताएकी छिन् ।

भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी रहेकाे छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top