ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ माघ २० गते मंगलबार ०९:५५:५७ मा प्रकाशित

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज(मंगलबार) बस्दैछ ।

आज समितिको १६२ औं बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा आज बिहान ११ः३० बजे बस्ने भएको हो । आजको बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्धसम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top