ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाकाे बैठक बस्दै

नेपालगाथा २०८२ माघ १३ गते मंगलबार ११:१२:४९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज(मंगलबार) बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएकाे छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top