ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसमा आधा उम्मेदवार अझै टुंगिएन

नेपालगाथा २०८२ माघ ६ गते मंगलबार १०:५७:०६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसमा सभापतिसहित शीर्ष नेताको उमेदवारी अझै टुंगो लागेको छैन । रातभर भएको छलफलपछि पनि उमेदवारी टुंगो लाग्नसकेको छैन ।

केही क्षेत्र अझै पनि टुंगो लाग्न बाँकी रहेकाे छ । कांग्रेस महामन्त्री प्रदिप पौडेलले रातभर छलफलमा रहेको जानकारी दिँदै टुंगिने चरणमा रहेको बताए । तर सभापति गगन थापा, महामन्त्री पौडेललगायतका पदाधिकारी, पूर्वपदाधिकारी केहीको टिकट र निर्वाचन क्षेत्रसमेत टुंगो अझै लाग्न सकेको छैन ।

यसैबीच देउवालाई टिकट दिने कि नदिने भन्ने विषयमा लामो छलफल भएको थियो । नवनिर्वाचित कार्यसमिति देउवालाई टिकट नदिने अडानमा रहेको थियो । नेता शेखर कोइरालाको पनि टिकट टुंगो लागेको छैन । उनी चुनाव लड्ने कि नलड्ने अझै निश्चित नभएको सचिवालयले बताएको छ ।

स्वकिय सचिव दिनेश थपलियाले अहिलेसम्म केही छलफल नभएको बताउँदै उमेदवारको सूची हेरेपछि मात्रै निर्णय गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top