ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापा सभापति भएपछि कांग्रेस धनुषाले मनायो खुसीयाली

नेपालगाथा २०८२ माघ ३ गते शनिबार १८:४७:५४ मा प्रकाशित

जनकपुर । गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ ।

आज(शनिबार) जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरुले खुसीयाली मनाउँदै मिठाई पनि बाँडेका छन् । सो अवसरमा कांग्रेस जनकपुरधामका नगर सभापति एवम् जनकपुरधामका मेयर मनोजकुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखेका छन् । उनले कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको बताए ।

थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिसाबले काम गरेको नगर सभापति साहको भनाई रहेकाे छ । उनले धनुषा क्षेत्र नं. ३ बाट पहिला पनि एकल नाम विमलेन्द्र निधिको सिफारिस गरिएकोमा उनले गगन थापासँग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए । 

नगर सभापति साहले पार्टीमा सबै जनाको पदोन्नती हुनुपर्ने धारणा राखे । उनले कुनै पनि पदमा एकलौटी बसिरहन उचित नरहेको बताएका छन् । कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा नगरसभापति साहले जोड दिए ।

त्यस्तै, नेपाली कांग्रेस धनुषाका उपसभापति गणश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नर्गन आग्रह गरेका छन् । उनले कांग्रेसका केही नेता कार्यकर्ताहरुमा तत्काल असन्तुष्टि भएपनि नियम सम्मत गरिएको निर्णयहरुलाई सबैले मान्नुपर्ने धारणा राखे । उनले एक वर्षभित्र फेरि अधिवेशन हुने जानकारी दिएका छन् । 

उनले सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top