ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसकाे मान्यता गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई दिने निर्वाचन आयोगको निर्णय

नेपालगाथा २०८२ माघ २ गते शुक्रबार २०:२९:१९ मा प्रकाशित

काठमाडाैं । निर्वाचन आयोगले गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए । 

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । दुवै निवेदनपछि गगन थापाले नेतृत्व गरेको कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो । 

योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top