ट्रेण्डिङ

होमपेज / राजनीति

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

नेपालगाथा २०८२ माघ २ गते शुक्रबार १०:५४:५३ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्य लगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ ।

विकास निर्माणको कामलाई प्रभावनकारी बनाउँदै जनताको आकांक्षालाई पूरा गर्न लागिपर्ने समझदारी बनेको छ । सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गरिरहेका छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकोतर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरुले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविविधिलाई तीव्रता दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top