ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

नेपालगाथा २०८२ पौष २८ गते सोमबार १७:५२:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा आह्वान गरिएको छ ।

आज(साेमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top