ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस विभाजन हुँदैन - शशांक कोइराला

नेपालगाथा २०८२ पौष २८ गते सोमबार १७:४८:२७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् ।

आज(सोमबार) पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मिल्नका लागि प्रयास भइरहेको बताए । उनले कांग्रेसलाई मजबुत र एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

कांग्रेसभित्र इतर पक्षीय नेताहरूले विशेष महाधिवेशनको विषय अघि बढाएपछि संस्थापन पक्षका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । पार्टीभित्र देखिएको असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top