होमपेज / राजनीति
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज(साेमबार) बिहान १० बजेदेखि सुरू हुँदैछ ।
विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिएको हो । सचिवालयका अनुसा आज बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिनेछ ।
आइतबार पहिलो दिन २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । कांग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।