ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष २८ गते सोमबार १०:०७:१७ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज(साेमबार) बस्ने भएको छ ।

समितिको बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले बताएको छ ।

समितिले बैठकमा समितिका सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ । विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top