होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले तत्काल अन्य गतिविधि नगर्न निर्देशन दिएको थियो ।