ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार

नेपालगाथा २०८२ पौष २३ गते बुधबार १०:२७:४७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुंगो लगाएका हुन् ।

मधेश प्रदेशमा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एक नेताले बताए । उनका अनुसार कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा. प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज(बुधबार) उम्मेदवारी मनोनयनको कार्यतालिका रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top