ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपालगाथा २०८२ पौष २३ गते बुधबार १०:१३:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(बुधबार) पनि बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेदेखि बस्नेछ । बैठकमा पार्टी महाधिवेशन विवाद र आगामी निर्वाचनको बारेमा नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।

मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top