ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष २२ गते मंगलबार १०:११:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(मंगलबार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल हुने भएकाे छ । नेताहरुले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा (एमाले) र नेकपा लगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top