ट्रेण्डिङ

होमपेज / राजनीति

आज दिल्ली जाँदै प्रचण्ड

नेपालगाथा २०८२ पौष २० गते आइतबार १०:५९:५५ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज(आईतबार) भारतको राजधानी नयाँदिल्ली जाँदैछन् ।

नेकपाको प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भोलि (सोमबार) राखिएको छ । सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।

प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top