ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालगाथा २०८२ पौष १८ गते शुक्रबार १०:१७:१३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(शुक्रबार) बस्दैछ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

बैठक बोलाउनुअघि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top