ट्रेण्डिङ

होमपेज / राजनीति

निकोलस भुसालसँग वार्ताका लागि सरकारले बनायो समिति

नेपालगाथा २०८२ पौष १७ गते बिहीबार १८:३०:०३ मा प्रकाशित

काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ताका लागि सरकारले समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भुषालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको हो । वार्ता टोलीमा ३ सदस्य रहेका छन् ।

सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

विभिन्न माग राख्दै भुषाल दश दिनदेखि अनशनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top