ट्रेण्डिङ

होमपेज / राजनीति

राज्य सञ्चालन अनुहारले होइन विचार र संगठनले हुन्छ - पद्मा अर्याल

नेपालगाथा २०८२ पौष १६ गते बुधबार ०९:४७:१९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले अनुहारले नभई संगठन र विचारले राज्य सञ्चालन हुने बताएकी छन् ।

वैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालीन नहुने स्पष्ट पारिन् ।

‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालीन हुँदैन’ अर्यालले लेखेकी छन् ।

अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गरिन् । ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउँछ’ अर्यालको भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top