ट्रेण्डिङ

होमपेज / राजनीति

समय सकिएपछि समानुपातिक सूची लिएर निर्वाचन आयोग पुग्यो काँग्रेस

नेपालगाथा २०८२ पौष १५ गते मंगलबार १२:००:२० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेस समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सकिएपछि निर्वाचन आयोग पुगेको छ ।

आयोगले सूची बुझाउन पुस १३ र १४ गतेको समय दिएकोमा काँग्रेस आज(मंगलबार) बल्ल १५ गते सूची लिएर आयोग पुगेको हो । तर यसअघि सोमबार दिउँसै कांग्रेस नेता विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए ।

समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति शेरबहादुर देउवाको डिजिटल हस्तारलाई आयोगले मान्यता नदिँदा फेरि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल सहितका नेता सूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए । देउवाको हस्ताक्षरपछि सूची लिएर नेताहरू आज बिहान मात्रै आयोगमा पुगेका हुन् ।

आयोगले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top