ट्रेण्डिङ

होमपेज / राजनीति

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

नेपालगाथा २०८२ पौष १४ गते सोमबार ०९:५६:३६ मा प्रकाशित

काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज(साेमबार) अन्तिम दिन रहेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत हिजाे(आइतबार) देखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने दिन तोकिएको थियो । निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ ।

केही दलहरूले हिजाे(आइतबार) नै बन्दसूची पेस गरिसकेका छन्, भने केही दलहरू बन्दसूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top