ट्रेण्डिङ

होमपेज / राजनीति

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

नेपालगाथा २०८२ पौष १४ गते सोमबार ०९:४४:४० मा प्रकाशित

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज(सोमबार) जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।पूर्वगृहमन्त्री लेखकले आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top