ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष १३ गते आइतबार १०:१८:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(आइतबार) पनि बस्दैछ ।

बुधबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसम्बन्धी निर्णय गर्ने बताइएको छ ।

बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top