ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेपालगाथा २०८२ पौष १३ गते आइतबार १०:१३:४२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज(आइतबार) बस्दैछ । पार्टीको ११ औं महाधिवेशनपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे छ ।

बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूका बारेमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

जिल्ला र प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरूले ती नामहरूको छोटो सूची तयार गरेका छन् ।

आजको बैठकमा नेताहरूले दिएका सुझावका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top