ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष १० गते बिहीबार ११:३०:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(बिहीबार) पनि बस्दैछ । हिजो(बुधबार) देखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक दिउँसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

हिजो(बुधबार) बैठकमा महामन्त्री गगन थापासहितका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top